• माघ १८, २०८२
  • No Comment
  • 59

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत रहँदा भ्रष्टाचार गरेको आरोपमा पूर्वमहाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार पौडेलसँगै निमित्त महाप्रबन्धक नवल किशोर साह, नायब महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का विभागीय प्रमुख हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

आयोगले उनीहरूले उद्योगमा विभिन्न शीर्षकमा व्यापक आर्थिक अनियमितता गरेको निष्कर्ष निकालेको छ। अख्तियारका अनुसार सुरेन्द्रकुमार पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ भने अन्य प्रतिवादीहरूमाथि ४६ करोड ५२ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको अभियोग लगाइएको छ।

अख्तियारले उद्योग सञ्चालन, उत्पादन, खरिद तथा बिक्री प्रक्रियामा नियमविपरीत निर्णय गरी राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको दाबी गर्दै कानुनी कारबाही अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *