• माघ १८, २०८२
  • No Comment
  • 73

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ। ब्रेन ह्यामरेजसम्बन्धी समस्यापछि काठमाडौँको ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा उपचाररत सिटौलालाई आज दिउँसो १२ बजेर ४७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उहाँको उमेर ४५ वर्ष थियो।

ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै सिटौलाको निधन भएको जानकारी गराएको छ। अस्पतालका अनुसार गम्भीर अवस्थामा उपचार भइरहेको भए पनि उहाँलाई बचाउन नसकिएको जनाइएको छ।

सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका बेला अचानक बेहोस भएर ढलेका थिए। त्यसपछि अस्ति शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

स्वर्गीय सिटौला चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएको थियो। उहाँको निधनप्रति चलचित्र क्षेत्र, पत्रकारिता जगत तथा विभिन्न राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

सिटौलाको आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *