• माघ १८, २०८२
  • No Comment
  • 116

सुर्खेतमा प्रहरी जवानको परीक्षामा १२ जना नक्कली परीक्षार्थीहरू पक्राउ

सुर्खेत। सुर्खेतस्थित लोकसेवा आयोगको कार्यालयमा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा किर्ते र व्यापक अनियमितता फेला परेको छ। अर्काको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने १० जना र उनीहरूलाई सहयोग गर्ने २ जना गरी कुल १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लोकसेवा आयोग सुर्खेत कार्यालयमा भइरहेको लिखित परीक्षाका क्रममा ठूलो संख्यामा नक्कली परीक्षार्थी सहभागी भएको आशंकापछि प्रहरीले निगरानी कडा बनाएको थियो। सोही क्रममा परीक्षा हलभित्रै शंकास्पद गतिविधि देखिएपछि छापा मार्दा उनीहरू पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले आर्थिक लाभ लिने उद्देश्यले सक्कली परीक्षार्थीहरूको नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी अर्कै व्यक्तिलाई परीक्षा दिन लगाएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा जाजरकोट, दैलेख, सुर्खेत र बाँके जिल्लाका युवाहरू संगठित रूपमा यस किर्ते कार्यमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये जाजरकोट छेडागाड–११ का १९ वर्षीय केशव थापा, दैलेख दुल्लु–०१ का १८ वर्षीय रमेश नेपाली, सुर्खेत गुर्भाकोट–१३ का २४ वर्षीय वीरबहादुर ठाडा, जाजरकोट छेडागाड–१० का १९ वर्षीय चन्द्र शाह, जाजरकोट कुसे–०२ का २३ वर्षीय नवराज विक, बाँके बैजनाथ–०२ का २४ वर्षीय रामु कार्की र बाँके बैजनाथ–०१ का २५ वर्षीय मोतिलाल थारु नक्कली परीक्षार्थी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, जाजरकोट कुसे–०२ का १९ वर्षीय बिपेश सिंह, १८ वर्षीय सूर्य किरण शाही र २१ वर्षीय निरज शाही, जाजरकोट जुनेदाचाँदे–०१ का १८ वर्षीय ललित रावल सक्कली परीक्षार्थी रहेको र उनीहरूले नक्कली व्यक्तिलाई परीक्षा दिन सघाएको पाइएको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–०९ का २६ वर्षीय पूर्णबहादुर सिंह मतियारको भूमिकामा संलग्न रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका सबै १२ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी लिखत किर्ते तथा आपराधिक लाभसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *