- माघ १७, २०८२
- No Comment
- 80
वीरेन्द्रनगर–११ मा आज २०० भन्दा बढी नागरिक रास्वपामा प्रवेश

लाईका संवाददाता
July 8, 2024
0Shares
सुर्खेत। वीरेन्द्रनगर–११ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा २०० भन्दा बढी सचेत नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कार्यक्रम आदरणीय समाजसेवी तथा नेता तेजकुमार बिक तोरणज्यूको नेतृत्वमा सम्पन्न भएको हो।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका उम्मेदवारले यो सहभागिता केवल पार्टी प्रवेशमा सीमित नभई पुरानो राजनीतिक संस्कारविरुद्धको स्पष्ट सन्देश भएको बताए। उहाँका अनुसार यो कदम नयाँ, इमानदार र जवाफदेही राजनीतिप्रतिको जनविश्वासको अभिव्यक्ति हो।
उम्मेदवारले पार्टीमा प्रवेश गर्ने सबैलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दै अब सबै मिलेर परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका लागि अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय नागरिक, समर्थक तथा पार्टी कार्यकर्ताहरूको बाक्लाे उपस्थिति रहेको थियो।



