• माघ १२, २०८२
  • No Comment
  • 107

बाख्रा पकेटक्षेत्र कार्यक्रम अन्तर्गत सुर्खेतका चौकुने–६ ओखलढुंगामा बाख्रा वितरण

चौकुने। बाख्रा पकेटक्षेत्र विकास कार्यक्रम अन्तर्गत आज सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६ ओखलढुंगामा बाख्रा वितरण तथा किसान सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पशु चिकित्सक डाक्टर रुपेश यादव तथा चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपानेको उपस्थितिमा स्थानीय किसानहरुलाई बाख्रा वितरण गरिएको हो।
कार्यक्रमका क्रममा डाक्टर यादवले बाख्रा पालन सम्बन्धी रोग नियन्त्रण, पोषण, खोर व्यवस्थापन तथा उत्पादन वृद्धि सम्बन्धी आवश्यक प्राविधिक जानकारी प्रदान गर्नुभयो। यस्तै गाउँपालिका अध्यक्ष बासपानेले पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्न गाउँपालिका सदैव सहयोगी रहने बताउनुभयो।
कार्यक्रमबाट स्थानीय किसानहरु उत्साहित भएका छन् भने बाख्रा पालनलाई व्यवस्थित र व्यवसायिक बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *