• माघ १२, २०८२
  • No Comment
  • 90

सुर्खेतमा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ भाङ्घारीमा भएको सवारी दुर्घटनामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
साेमवार बिहान करिब ९:५० बजे सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको भे.६ प.३३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मोटरसाइकल चालक लाटिकोइली निवासी करिब ४२/४३ वर्षीय पदमबहादुर बी.सी. गम्भीर घाइते भएका थिए।

घाइते बी.सी.को टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको र प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा बिहान करिब १०:२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा ट्राफिक प्रहरीसहित पाँच जनाको प्रहरी टोली खटिएको थियो। ईभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय बालकृष्ण रिजालसहित दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाका सम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *