• माघ १२, २०८२
  • No Comment
  • 99

हामीले पानी कति पिउने? यही हो पानी पिउने सही तरिका

काठमाडौँ — पानी र जीवनबीच जस्तै पानी र स्वास्थ्यबीच पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। शरीरलाई स्वस्थ, सक्रिय र रोगमुक्त राख्न सही तरिकाले पर्याप्त पानी पिउनु अत्यावश्यक मानिन्छ।

मानव शरीरको करिब दुईतिहाइ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीरभित्रका कुनै पनि जैविक क्रिया सम्भव हुँदैनन्। शरीरमा पानीको कमी हुँदा विभिन्न रोगको जोखिम बढ्ने भएकाले नियमित र सन्तुलित रूपमा पानी सेवन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

पानी किन आवश्यक छ?

शरीरका विभिन्न क्रियाकलापका क्रममा पानी प्रयोग हुन्छ र पिसाब, पसिना, सासप्रश्वास तथा दिसामार्फत बाहिर निस्कन्छ। शरीरबाट निस्केको पानीको मात्रा पूर्ति गर्न पानी पिउनु अनिवार्य हुन्छ। पानीले पोषक तत्त्वहरू कोषिकासम्म पुर्‍याउने, फोहोर तत्त्व बाहिर निकाल्ने, पाचन सुधार गर्ने, रक्तसञ्चार सहज बनाउने र मिर्गौला तथा कलेजोलाई सक्रिय बनाउने काम गर्छ।

कति पानी पिउनु उपयुक्त?

सामान्य अवस्थामा दैनिक करिब २.३ लिटर पानी शरीरबाट बाहिर निस्कन्छ। त्यसैले कम काम गर्दा पनि कम्तीमा २.५ लिटर पानी पिउनु आवश्यक हुन्छ। कामको प्रकृति र मौसमअनुसार पानीको मात्रा बढाउनुपर्छ।
– जाडो याममा करिब ३ लिटर
– गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ

पानी पिउने सही तरिका

– सधैं सफा र स्वच्छ पानी पिउनु
– अत्यधिक चिसो वा अत्यधिक तातो पानी नपिउनु
– बसेर चुस्की–चुस्की पानी पिउनु
– एकैचोटि धेरै पानी नपिउनु, प्रत्येक घण्टामा एक गिलास उपयुक्त
– खाना खानुभन्दा आधा घण्टा अगाडि र खाना खाएको एक घण्टा पछि मात्र पानी पिउनु
– थकान वा धेरै पसिना आएको बेला एकैचोटि धेरै चिसो पानी नपिउनु

विभिन्न अवस्थामा पानीको सेवन

– उल्टी वा पेट दुखाइमा तातो पानी लाभदायक
– अपचको समस्या भए खाना खानु अघि चिसो पानी उपयोगी
– ज्वरो र छालाको समस्यामा चिसो पानी फाइदाजनक
– कब्जियतमा बिहान वा खाना अघि चिसो पानी सेवन उपयोगी
– बिहान उठ्नेबित्तिकै पानी पिउनाले पाचन र मुटुसम्बन्धी समस्या कम हुन सक्छ

मुटु, मिर्गौला सम्बन्धी रोग, शरीर सुन्निने समस्या वा रगतमा नुनको मात्रा कम हुने अवस्थाका बिरामीले भने चिकित्सकको सल्लाहअनुसार मात्र पानी सेवन गर्नुपर्ने विज्ञहरूको भनाइ छ।

स्वास्थ्य जोगाउन औषधि मात्र होइन, सही तरिकाले पर्याप्त पानी पिउने बानी बसाल्नु पनि उत्तिकै आवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *