• माघ ११, २०८२
  • No Comment
  • 66

राष्ट्रियसभा निर्वाचन: ११ बजेसम्म कर्णालीमा १६८ जनाले गरे मतदान

सुर्खेत — कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा निर्वाचनमा ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन्।

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार प्रदेश सभातर्फ ४० मध्ये ३८ जनाले मतदान गरिसकेका छन्। तीमध्ये २५ जना पुरुष र बाँकी महिला रहेका छन्। यस्तै, स्थानीय तहका तर्फबाट १३० जनाले मतदान गरेका छन्, जसमा ४९ महिला र ८१ पुरुष रहेका छन्।

कर्णाली प्रदेशबाट एक महिला र एक अन्य क्लस्टरतर्फ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ। कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल १९८ जना मतदाता रहेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *