• माघ ११, २०८२
  • No Comment
  • 21

आज यी भेगमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं — हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आज देशका केही भू–भागमा हिमपात र वर्षाको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साथै पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने अनुमान गरिएको छ।

आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन?

काठमाडौँ — कफी धेरैको मनपर्ने पेय पदार्थ हो। कतिपय मानिस दिनको सुरुआत कफीबाटै गर्छन् भने केहीले दिनभरि पटक–पटक कफी पिउने बानी…

Hitri Izplačilni Raj: Katera Spletna Kazina v Sloveniji Izplačuje…

Uvod: Zakaj So Hitra Izplačila Ključna za Izkušene Igralce Za redne igralce v spletnih kazinih, čas ni le denar – je…

Free Offline Slot Machine: Play Your Favorite Online Casino…

Are you a fan of gambling establishment games but do not always have a web connection? Don’t stress, since cost-free offline…

Leave a Reply

Your email address will not be published. Required fields are marked *