- माघ १०, २०८२
- No Comment
- 138
श्री जनजागृत माध्यमिक विद्यालय चौकुने–५ तोश्राको ५४औँ वार्षिक उत्सव एवम् अभिभावक भेला सम्पन्न

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका–५ स्थित श्री जनजागृत माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव एवम् अभिभावक भेला कार्यक्रम आज एक औपचारिक समारोहका बीच विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर दानीको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस् बासपानेले गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्षले विद्यालय शिक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रवाहका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीचको सहकार्यले मात्र शैक्षिक उन्नति सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यस्तै शैक्षिक सुधारका लागि पालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको अध्यक्ष खडक बिवस बासपानेले बताउनु भएको छ ।
साथै सोही विद्यालयका प्रधानाध्यापक दिपेन्द्रराज शर्माले विद्यालयको बार्षिक शैक्षिक प्रगति विबरण प्रस्तुत गर्दै बिधालयका आ-आफ्नै समस्या छन् अभिभावकले सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्हो भएको अनुभव आफुले लिएको बताउनु भयो । अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको उपलब्धिप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विभिन्न खेलकुदमा विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो। कार्यक्रममा वडा न ५ का वडाअध्यक्ष तुलाराम हिस्कीमगर , वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला ,कार्यपालिका सदस्य कमला बि क ,वडा सदस्य मिनसिंह थापा ,शिक्षक अभिभावक संघका अध्यक्ष पुर्ण बहादुर देउवा , पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिशचन्द्र थापा लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भने कार्यक्रम संचालन ईन्द्र प्रसाद जोशीले गर्नु भएको थियो



