• माघ १०, २०८२
  • No Comment
  • 26

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ निवासी ६० वर्षीय दलबहादुर थापा रहेका छन्। डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ठक्करबाट थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि फरार भएका चालक मकवानपुर सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आज यी भेगमा हिमपात र वर्षाको सम्भावना

आज यी भेगमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं — हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आज…
कस्ता व्यक्तिले कफी पिउनु हुँदैन?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन?

काठमाडौँ — कफी धेरैको मनपर्ने पेय पदार्थ हो। कतिपय मानिस दिनको सुरुआत कफीबाटै गर्छन् भने केहीले दिनभरि पटक–पटक कफी पिउने बानी…

Hitri Izplačilni Raj: Katera Spletna Kazina v Sloveniji Izplačuje…

Uvod: Zakaj So Hitra Izplačila Ključna za Izkušene Igralce Za redne igralce v spletnih kazinih, čas ni le denar – je…

Leave a Reply

Your email address will not be published. Required fields are marked *