- माघ ९, २०८२
- No Comment
- 96
कालिकोटमा जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सुर्खेत — नेकपा कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज भर्चुअल माध्यमबाट सम्पन्न पार्टी बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
यसअघि बुढाले मनोनयन दर्ताका दिन पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए। पार्टी निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएसँगै कालिकोटको राजनीतिक समीकरण थप स्पष्ट भएको छ।



