• माघ ६, २०८२
  • No Comment
  • 63

‘वैवाहिक बलात्कार’को आरोपमा पूर्व प्रधानमन्त्रीका नाति मुछिए

काठमाडौं — वैवाहिक बलात्कारसम्बन्धी कानुनी व्यवस्था दुरुपयोग भएको बहस चलिरहेका बेला एक जना पूर्व प्रधानमन्त्रीका नाति सोही आरोपमा मुछिएका छन्। स्वर्गीय प्रधानमन्त्री सूर्यबहादुर थापाका नाति डिकिन थापाविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी हुन्।

प्रहरी स्रोतका अनुसार नवविवाहित श्रीमतीले केही दिनअघि प्रहरी वृत्त, महाराजगञ्जमा डिकिन थापाविरुद्ध जाहेरी दर्ता गराएकी छन्। उनीहरूबीच विवाह भएको करिब चार–पाँच महिनामै मुद्दा प्रहरीसम्म पुगेको हो।

नेपालको ‘मुलुकी अपराध संहिता–२०७४’ अनुसार श्रीमतीको अनुमतिबिना जबरजस्ती शारीरिक सम्बन्ध राख्नु वैवाहिक बलात्कार मानिन्छ। संहिताको दफा २१९ (४) मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ।

डिकिन थापा अमेरिका बसोबासपछि हालै नेपाल फर्किएका थिए। उनी दुई सन्तानका बाबु हुन् र पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदपछि नेपाल आएर ऋचा नामकी युवतीसँग विवाह गरेका थिए। तर दोस्रो वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न नसकेको देखिएको छ।

स्रोतका अनुसार दुवैको सहमतिमा विवाह भए पनि वैवाहिक जीवनमा मतभेद बढ्दै गएको थियो। ऋचा प्रायः घरबाहिर बस्ने र दुवैबीच जीवनशैलीका कारण विवाद चर्किएको बताइएको छ। ऋचाले डिकिनले पहिलो विवाहबारे जानकारी नदिई आफूसँग विवाह गरेको आरोप लगाएकी छन्। तर, डिकिनले ती आरोप अस्वीकार गर्दै दुवैको विगत थाहा हुँदाहुँदै विवाह भएको दाबी गरेका छन्।

प्रहरी अधिकारीहरूका अनुसार यो मुद्दा वैवाहिक बलात्कारभन्दा बढी सम्बन्धविच्छेदसँग जोडिएको विवाद जस्तो देखिन्छ। एक अधिकारीले भने, “मनमुटाव बढेपछि वैवाहिक बलात्कारको आरोप लगाइएको हुन सक्छ। मुद्दा जटिल प्रकृतिको छ।”

हाल ऋचा आफ्ना वकिलसहित प्रहरी वृत्तमा पुगेर छिटो कारबाही प्रक्रिया अघि बढाउन दबाब दिइरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सत्यतथ्य छानबिनपछि मात्र निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *