• माघ २, २०८२
  • No Comment
  • 153

चिसो मौसममा तिल सेवनका यस्ता छन फाइदा

काठमाडौँ — तिल नेपाली भान्सामा सहजै पाइने पौष्टिक खाद्यवस्तु हो। विशेषगरी अचार, मिठाई तथा विभिन्न परिकारमा प्रयोग हुने तिल चिसो मौसममा स्वास्थ्यका लागि अझ बढी लाभदायक मानिन्छ। तिलमा पोलिस्याचुरेटेड फ्याटी एसिड, ओमेगा–सिक्स, फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरसजस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरलाई विभिन्न रूपमा फाइदा पुर्‍याउँछन्।

मुटुरोगबाट राहत
तिलमा पाइने मोनो–स्याचुरेटेड फ्याटी एसिडले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ। यसले मुटुसम्बन्धी रोगको जोखिम कम गर्नुका साथै रक्तचाप नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ।

मुटुको मांसपेशी सक्रिय राख्न सहयोग
क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमजस्ता तत्वले मुटुको मांसपेशीलाई दुरुस्त र सक्रिय रूपमा काम गर्न मद्दत गर्छन्।

हड्डी बलियो बनाउने
तिलमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी मजबुत बनाउन सहयोग गर्छ। चिसो मौसममा नियमित रूपमा तिल सेवन गर्दा हड्डी दुख्ने समस्या कम हुन सक्छ। दैनिक एक ठूलो चम्चा तिल सेवनले दाँत पनि बलियो बनाउने विश्वास गरिएको छ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि
तिलमा फाइबर र एन्टिअक्सिडेन्टको मात्रा बढी हुने भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

क्यान्सरको जोखिम कम गर्न सहयोग
तिलमा सेसमिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले क्यान्सर कोषिकाको वृद्धि रोक्न मद्दत गर्ने मानिन्छ। यसले फोक्सो, पेट, प्रोस्टेट, स्तन क्यान्सर तथा रक्तअल्पताको जोखिम कम गर्न सहयोग पुर्‍याउन सक्छ।

छाला र मानसिक स्वास्थ्यका लागि फाइदाजनक
तिल सेवनले दिमागी शक्ति बढाउन सहयोग पुर्‍याउँछ। यसमा पाइने लिपोफोलिक एन्टिअक्सिडेन्टले उमेरको असर छिटो पर्न नदिई स्मरण शक्ति मजबुत बनाउने विश्वास छ। साथै, तिलको तेल छालाका लागि पनि फाइदाजनक मानिन्छ, जसले छालालाई आवश्यक पोषण दिनुका साथै मोइस्चर कायम राख्न मद्दत गर्छ।

विशेषगरी चिसो मौसममा तिल वा तिलबाट बनेका परिकार नियमित रूपमा सेवन गर्दा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विज्ञहरू बताउँछन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *