- माघ २, २०८२
- No Comment
- 159
सुर्खेतमा जबर्जस्ती करणी आरोपमा ५९ वर्षीय तिमिल्सेना पक्राउ

सुर्खेत — सुर्खेतमा ३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगर–३ बस्दै आएका ५९ वर्षीय अनिराम तिमिल्सेना रहेका छन्।
पीडित महिलाले तिमिल्सेनाविरुद्ध जबर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।



