- माघ १, २०८२
- No Comment
- 49
सुर्खेत –२ बाट सिफारिस भएका काँग्रेस नेता थानी उम्मेदवार नबन्ने

सुर्खेत — सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट सिफारिस भएका नेपाली काँग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
बिहीबार जारी गरेको सूचनामार्फत थानीले आफू करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी स्वास्थ्य समस्याबाट पीडित रहेकाले उम्मेदवार नहुने निर्णय लिएको जानकारी दिएका हुन्। उनले हाल स्वास्थ्य समस्याका कारण सहजरूपमा हिँडडुल गर्नसमेत नसकिरहेको बताएका छन्।
थानीका अनुसार चिकित्सकको सल्लाहअनुसार उनी अहिले घरमै फिजियोथेरापिस्टको सहयोगमा उपचाररत छन्। प्रतिकूल स्वास्थ्य अवस्थाका कारण माघ ६ गते तोकिएको मनोनयन दर्तामा उपस्थित हुन नसक्ने तथा त्यसपछि सक्रिय रूपमा निर्वाचन अभियानमा सहभागी हुन कठिन हुने देखिएकाले उम्मेदवार नबन्ने निर्णय लिएको उनको भनाइ छ।
स्वास्थ्यमा सुधार आएपछि पार्टी र जनताको सेवामा पुनः सक्रिय हुने प्रतिबद्धता पनि थानीले व्यक्त गरेका छन्।



