• पुस २९, २०८२
  • No Comment
  • 210

पहिला खेलकुद हुने गरी तयारी गर्नुस्, हाम्रो सहयोग रहन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आवश्यक पूर्वतयारी नगरेको आरोप लगाएका छन्। मंगलबार सुर्खेतमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री कडेलले प्रतियोगिताको मिति मात्र तोक्दै जनतालाई ढाट्ने काम नगर्न संघीय सरकारलाई कडा सुझाव दिएका हुन्।

मुख्यमन्त्री कडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै आयोजना गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्दै प्रतियोगिता सफल बनाउन प्रदेश सरकारबाट पूर्ण सहयोग रहने बताए। तर संघीय सरकारले पटक–पटक मिति तोकेर पनि आवश्यक तयारी नगरेकोप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरे।

“हामी तपाईहरू खेलकुद खेलाउने गरी आउनुहोस् भन्छौँ, हाम्रो तर्फबाट पूर्ण सहयोग हुन्छ,” मुख्यमन्त्री कडेलले भने, “तर पटक–पटक मिति तोकेर भुल्याउने र जनतालाई ढाट्ने काम भने नगर्नुहोस्।”

छलफलमा मुख्यमन्त्री कडेलले खेलकुदका लागि आवश्यक सामग्रीसमेत अहिलेसम्म खरिद प्रक्रिया अघि नबढाएको भन्दै फागुनमै कसरी प्रतियोगिता सम्भव हुन्छ भन्ने प्रश्न उठाए। “अहिलेसम्म खेलका लागि चाहिने सामग्री खरिद प्रक्रिया नै सुरु भएको देखिँदैन,” उनले भने, “अब एक महिनाभित्र कसरी खेल हुने गरी तयारी गर्नुहुन्छ ?”

मुख्यमन्त्री कडेलले कर्णालीमा केवल उद्घाटन गरेर प्रतियोगिता अन्यत्र सार्ने अभ्यास प्रदेश सरकारले स्वीकार नगर्ने पनि स्पष्ट पारे। पटक–पटक मिति तोकेर खेल नगर्ने तर त्यसको जिम्मेवारी प्रदेश सरकारमाथि थोपर्ने प्रवृत्तिप्रति उनले कडा आपत्ति जनाए।

“तपाईहरूकै कारण प्रतियोगिताको मिति सर्दै गएको छ,” मुख्यमन्त्री कडेलले भने, “यसरी जनतालाई ढाट्ने काम अब सह्य हुँदैन।”

छलफलमा सहभागी प्रदेश सरकारका अन्य अधिकारीहरूले पनि प्रतियोगिता समयमै सम्पन्न गर्न संघीय सरकारले स्पष्ट कार्ययोजना, बजेट र तयारीसहित अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *