• पुस २९, २०८२
  • No Comment
  • 62

समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय निर्धारण गरेको थियो। आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा उपस्थित हुन नसक्ने अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिने व्यवस्था गरिएको थियो।

नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्न दलका उम्मेदवार रहेका छन्। दलगत रूपमा सबैभन्दा धेरै जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन्।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै भएको एकतापछि बन्दसूची मिलान तथा व्यवस्थापनका लागि नाम फिर्ता लिइएको सम्बन्धित दलले जनाएको छ। निर्वाचन आयोगका अनुसार अन्तिम नामावली सार्वजनिक हुने क्रममा नाम फिर्ता लिने उम्मेदवारको सङ्ख्यामा केही परिवर्तन हुन सक्ने सम्भावना छ।

यस निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *