- पुस २९, २०८२
- No Comment
- 126
धनगढीबाट एक महिला खैरो हेरोइनसहित पक्राउ

धनगढी, — धनगढी उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल धनगढी उपमहानगरपालिका–८ बुद्धचोकस्थित भाडामा गणेश राइस मिल सञ्चालन गर्दै बस्दै आएकी २५ वर्षीया लक्ष्मी चौधरी रहेकी छन्।
प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा चौधरीको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन र लागूऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल काँटा फेला परेको हो। बरामद गरिएको लागूऔषध र डिजिटल काँटासहित उनलाई सोमबार वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकी चौधरीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



