• पुस २९, २०८२
  • No Comment
  • 90

जाडोमा हृदयाघात र स्ट्रोकको जोखिम किन बढ्छ ? यस्ता सावधानी अपनाउनु हाेस

काठमाडौँ — जाडो मौसम सुरु भएसँगै हृदयाघात र स्ट्रोकका घटनामा वृद्धि हुने गरेको विज्ञहरूले बताएका छन्। चिसो मौसम र चिसो हावाका कारण रक्तनलीहरू खुम्चिँदा रगतको प्रवाह सुस्त हुने, रक्तचाप बढ्ने र त्यसले मुटु तथा मस्तिष्कमा समस्या निम्त्याउन सक्ने बताइएको छ।

विशेषगरी राति वा बिहान ओछ्यानबाट एक्कासि उठ्दा जोखिम बढ्ने देखिएको छ। चिसोमा रगत बाक्लो हुने भएकाले अचानक उठ्दा मुटु र मस्तिष्कमा पर्याप्त रगत नपुग्न सक्ने र त्यसले हृदयाघात वा स्ट्रोक हुन सक्ने चिकित्सकहरूको भनाइ छ। त्यसैले ओछ्यानबाट उठ्दा पहिले बस्ने, २०–३० सेकेन्ड बसेपछि खुट्टा झुण्ड्याएर करिब एक मिनेट कुर्ने र त्यसपछि मात्र न्यानो कपडा लगाएर उठ्न सुझाव दिइएको छ।

जाडोमा हृदयाघात किन बढ्छ?

चिसो तापक्रमले रक्तनलीहरू संकुचन गराउँछ, जसले रगत आपूर्तिमा कमी ल्याउँछ। यसले रक्तचाप बढाउँछ र हृदयाघातको जोखिम उच्च बनाउँछ।

जाडोमा देखिन सक्ने लक्षण

उच्च रक्तचाप

उच्च रक्तचिनी

उच्च कोलेस्ट्रोल

छाती दुख्ने

अत्यधिक पसिना आउने

हृदयको क्षमता कसरी जाँच्ने?

एक मिनेटमा ५०–६० सिँढी चढ्ने, लगातार २० पटक सिट-अप गर्ने र हातको ग्रिप टेस्ट (जारको ढक्कन खोल्ने) जस्ता सामान्य अभ्यासले हृदयको अवस्था बुझ्न सहयोग पुग्ने बताइन्छ।

हृदयाघातबाट बच्ने उपाय

स्वस्थ जीवनशैली अपनाउन, धूम्रपान र मदिरा सेवन त्याग्न तथा जंक फूडको सट्टा पौष्टिक आहार लिन विज्ञहरूले सुझाएका छन्। दैनिक योग, प्राणायाम, हिँडाइ, दौड वा साइकल चलाउने बानी बसाल्नुपर्नेमा जोड दिइएको छ। तनाव व्यवस्थापनका लागि समस्या साझा गर्ने र नियमित व्यायाम गर्न पनि सल्लाह दिइएको छ।

आवश्यक स्वास्थ्य परीक्षण

महिनामा एक पटक रक्तचाप जाँच

३ महिनामा एक पटक रक्तशर्करा

६ महिनामा एक पटक कोलेस्ट्रोल

महिनामा एक पटक आँखा जाँच

वर्षमा एक पटक पूर्ण शरीर जाँच

स्वस्थ मुटुका लागि के नियन्त्रणमा राख्ने?

रक्तचाप, कोलेस्ट्रोल, चिनीको स्तर र शरीरको तौल नियन्त्रणमा राख्नुपर्ने विज्ञहरूको भनाइ छ।

स्वस्थ हृदय आहार

दिनभरि पर्याप्त पानी पिउने, नुन र चिनीको मात्रा घटाउने, फाइबर, होल ग्रेन, नट्स र प्रोटिनयुक्त खाना खाने सल्लाह दिइएको छ। साथै, दिनमा कम्तीमा १५ मिनेटको हल्का व्यायाम (माइक्रो एक्सरसाइज) गर्नुपर्ने उल्लेख गरिएको छ।

विज्ञहरूका अनुसार समयमै सावधानी अपनाए जाडो मौसममा हुने हृदयाघात र स्ट्रोकको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *