- पुस २८, २०८२
- No Comment
- 95
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

निराजन शाही, सुर्खेत। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवसको अवसरमा महासंघ कर्णाली प्रदेश तथा जिल्ला शाखा सुर्खेतद्वारा वीरेन्द्रनगर नगरपालिका–१, बाङ्गेसिमलस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा शैक्षिक, स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि महासंघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष कमल नेपालले महासंघले विगतका वर्षहरूझैँ यस वर्ष पनि स्थापना दिवसको अवसरमा देशभर विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा सुर्खेतले विद्यालयका विद्यार्थीहरूलाई पढाइ, लेखाइ तथा खेलकुदमा अग्रसर गराउन र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जगत प्रसाद शर्मा, पूर्व केन्द्रीय सदस्य सागर भुसाल, निवर्तमान जिल्ला अध्यक्ष दिल बहादुर थापा, प्रदेश सचिव चेतन कडेल, कोषाध्यक्ष राजकुमार सिजापती, जिल्ला सचिव भक्त मल्ल, विद्यालयका शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम महासंघ सुर्खेत जिल्ला अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।



