• पुस २८, २०८२
  • No Comment
  • 89

इरानमा जारी प्रदर्शनमा पाँच सयभन्दा बढीको मृत्यु

एजेन्सी। इरानमा विगत दुई हप्तादेखि जारी व्यापक प्रदर्शनका क्रममा ५ सयभन्दा बढीको मृत्यु भएको छ। प्राप्त विवरणअनुसार ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएका छन्। यसैबीच, १० हजार ६०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

डिसेम्बर २८ देखि मूल्यवृद्धिविरुद्ध सुरु भएको प्रदर्शन विस्तार हुँदै इस्लामिक गणतन्त्रविरुद्धको ठूलो आन्दोलनमा परिणत भएको छ। देशभर फैलिएको आन्दोलनका कारण इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएकाले सूचना प्रवाहमा अवरोध आएको बताइएको छ।

सरकारी टेलिभिजनले मृत्यु भएका सुरक्षाकर्मीलाई ‘सहीद’ घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ। सरकारले प्रदर्शनकारीहरूलाई आतंककारीको संज्ञा दिँदै कडा कारबाही जारी राखेको छ।

यो सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ, जसले सर्वोच्च नेता अली खामेनीको नेतृत्वमाथि गम्भीर चुनौती प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *