• पुस २७, २०८२
  • No Comment
  • 111

टी–२० अभ्यास श्रृंखलाअन्तर्गत अमेरिकाविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौँ । टी–२० अभ्यास श्रृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले चार विकेटको महत्वपूर्ण जित निकालेको छ। यो जितसँगै अभ्यास श्रृंखलामा नेपालको पहिलो सफलता आएको छ।

यसअघि भएका दुई खेलमा नेपालले अमेरिका र स्कटल्याण्डसँग हार बेहोरेको थियो। आइतबार अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ३२ बलमा ४९ रन बनाउँदै जितको आधार तयार गरिन्। जारी अभ्यास श्रृंखलामा सम्झना उच्च लयमा देखिएकी छन्। यसअघि भएका दुई खेलमा पनि उनले अर्धशतकीय पारी खेलेकी थिइन्।

त्यस्तै, उपकप्तान पूजा महतोले जिम्मेवार ब्याटिङ गर्दै २८ बलमा ४३ रन बनाइन्। उनी खेलको अन्त्यसम्म अविजित रहँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलिन्।

नेपालले आईसीसी महिला टी–२० विश्वकप छनोटको तयारीस्वरूप अमेरिका र स्कटल्याण्डसँग अभ्यास श्रृंखला खेलिरहेको हो। आसन्न महिला टी–२० विश्वकप छनोट प्रतियोगिता आगामी जनवरी १८ देखि काठमाडौँमा सुरु हुने तालिका छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *