- पुस २७, २०८२
- No Comment
- 100
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २ सय १० रुपैयाँले बढ्दै ४ हजार ९ सय ९० रुपैयाँमा पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।



