• पुस २६, २०८२
  • No Comment
  • 113

नारी उत्थान सहकारी संस्थाको १९ औं साधारणसभा सम्पन्न, वर्षभरिका उपलब्धि र आगामी योजनाबारे छलफल

चौकुने। चौकुने गाउँपालिका वडा न ८ मा रहेको नारी उत्थान बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं साधारणसभा बिमला जि सीको अध्यक्षतामा सम्पन्न गरेको छ। सभामा प्रमुख अतिथि चौकुने गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोला, विशेष अतिथि वडा नं. ८ का वडा अध्यक्ष कमल जि सी र वडा नं. ७ का वडा अध्यक्ष धनिराम धमाला ,सिद्धेस्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र सोनी, सशस्त्र प्रहरी बल क्याम्प गुटुका मीन बहादुर केसी, इलाका प्रहरी कार्यालय गुटुका सई बुद्धि सागर चौधरी, र मगर मुक्ति मोर्चा जिल्ला कमिटी सदस्य पद्मा राम्जाली मगर लगायतका अतिथिहरुको कार्यक्रममा उपस्थित रहेको थियो ।

सभामा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष बिमला जि सी ले प्रस्तुत गर्दै विगत वर्षमा संस्था द्वारा हासिल भएका उपलब्धि, सदस्यहरूको सहभागिता, बचत र ऋण प्रवाह, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा आगामी योजनाहरूको जानकारी दिनु भएको थियो । उहाँले सदस्यहरूलाई संस्था संग आवद्ध भएर सामाजिक र आर्थिक रुपमा सशक्त हुन आग्रह गर्नु भएको थियो । साधारणसभाले आगामी वर्षको लागि रणनीति तय गर्ने, नयाँ परियोजना सञ्चालन गर्ने र सदस्यहरूको हितमा काम गर्न समर्पित रहने प्रतिवद्धता जनाएको छ। संस्थाको आय–व्यय प्रस्तुत गर्दै हिमा रिमालले बताउनुभयो , “हामीले विगत वर्षको आय–व्यय पारदर्शी रूपमा प्रस्तुत गरेका छौँ।

संस्थाको स्रोत–स्रोत अनुसार खर्च र बचत दुवै जिम्मेवारीपूर्वक व्यवस्थापन गरिएको छ। यस वर्ष पनि हामी सदस्यहरूको सहयोग र विश्वास कायम राख्दै वित्तीय पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धतामा छौँ।”प्रमुख अतिथि नर बहादुर बान्तोलाले सहकारी संस्था केवल आर्थिक समृद्धिका लागि मात्र होइन, समुदायको सामाजिक विकास र महिलाहरूको सशक्तिकरणको महत्वपूर्ण माध्यम पनि हो। नारी उत्थान बचत तथा ऋण सहकारी संस्था महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा निरन्तर योगदान गर्दै आएको छ। यस संस्थाले विगतमा देखाएको सक्रियता र पारदर्शिताले अन्य सहकारीहरूका लागि उदाहरण प्रस्तुत गरेको छ।

आगामी दिनहरूमा पनि संस्थाले सदस्यहरूको हित र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनुभएक‍ो छ
सभाको स्वागत मन्तव्य दुर्गा पौडेलको रहेको थियो भने कार्यक्रम संचालन संचालक समितिका सचिव देविसरा कडेल ले गर्नु भएको थियो ।।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *