• पुस २५, २०८२
  • No Comment
  • 72

“सावधान ! गलत तरिकाले चिया पिउँदा स्वास्थ्यमा असर पर्न सक्छ “

पुष २५- अधिकांश मानिसहरूको दैनिकी चियाबाट सुरु हुन्छ। बिहानको सुरुवातदेखि साँझको थकान मेट्न, साथीभाइसँगको गफगाफदेखि एकान्तको समयसम्म चिया सबैको साझा साथी बनेको छ। धेरैका लागि चिया केवल पेय मात्र नभई भावना पनि हो।

हरेक वर्ष मे २१ मा मनाइने अन्तर्राष्ट्रिय चिया दिवस चिया पारखीहरूका लागि विशेष दिन हो। तर, स्वास्थ्य विज्ञहरूका अनुसार चियालाई गलत तरिकाले सेवन गर्दा यसले फाइदाभन्दा बढी नोक्सानी पुर्‍याउन सक्छ।

धेरै पटक चिया पिउने, खाली पेटमा चिया सेवन गर्ने, अत्यधिक उमालेको वा धेरै चिनी हालिएको चिया पिउने जस्ता बानीहरूले शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छन्। यदि तपाईं पनि चियाका सौखिन हुनुहुन्छ भने यी ५ सामान्य गल्तीहरूबाट जोगिन आवश्यक छ।

१. खाली पेटमा चिया नपिउनुहोस्

कतिपय मानिसहरू बिहान उठ्नेबित्तिकै चिया पिउने गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। खाली पेटमा चिया पिउँदा एसिडिटी, ग्याँस, जलन तथा कब्जियतजस्ता समस्या देखिन सक्छन्। त्यसैले चिया पिउनुअघि मनतातो पानी वा फलफूल सेवन गर्नु उपयुक्त हुन्छ।

२. धेरै चिया पिउनु हानिकारक

दिनमा ४–५ कप वा सोभन्दा बढी चिया पिउँदा शरीरमा क्याफिनको मात्रा बढ्न सक्छ। यसले निद्रा नलाग्ने, घबराहट र थकानजस्ता समस्या निम्त्याउँछ। स्वास्थ्यका लागि दिनमा २ कपभन्दा बढी चिया नपिउन विज्ञहरूको सुझाव छ।

३. धेरै उमालेको चिया नपिउनुहोस्

स्वाद र गन्ध बढाउने नाममा १०–१५ मिनेटसम्म चिया उमाल्ने बानी पनि हानिकारक मानिन्छ। यसो गर्दा चियामा ट्यानिन्स र क्याफिनको मात्रा अत्यधिक बढेर पाचन प्रणालीमा असर पर्न सक्छ। चियालाई हल्का उमालेर पिउनु उपयुक्त हुन्छ।

४. खाना खाएलगत्तै चिया नपिउनुहोस्

खाना खाएपछि तुरुन्तै चिया पिउँदा खानामा रहेको आइरन र अन्य पोषक तत्वको अवशोषण कम हुन्छ। चिया पिउन चाहनुहुन्छ भने खाना खाएको कम्तीमा ३०–४५ मिनेटपछि मात्र पिउनु राम्रो हुन्छ।

५. धेरै चिनी नराख्नुहोस्

अत्यधिक मीठो चिया सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्छ, जसले मोटोपना र मधुमेहको जोखिम बढाउँछ। सम्भव भएसम्म चियामा चिनी कम प्रयोग गर्न वा गुड तथा महजस्ता प्राकृतिक विकल्प अपनाउन विज्ञहरूको सुझाव छ।

स्वास्थ्यका लागि चियाको मात्रा र तरिका दुवैमा ध्यान दिनु आवश्यक छ। सही बानी अपनाएर चिया पिउँदा यसले शरीरलाई फाइदा पुर्‍याउन सक्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *