• पुस २४, २०८२
  • No Comment
  • 92

यस्तो स्वास्थ्य समस्यामा फाइदाजनक हुन्छ गुड

काठमाडौं – गुड (चाकु) लाई पोषणयुक्त खाद्य पदार्थका रूपमा लिइन्छ । फाइबर, कार्बोहाइड्रेट, प्रोटिनका साथै क्याल्सियम, म्याग्नेसियम, जिंक र आइरनजस्ता महत्वपूर्ण खनिज तत्वहरू पाइने भएकाले यसलाई ‘सुपरफुड’ पनि मानिन्छ । विशेषगरी जाडो मौसममा गुडको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुने पोषणविद्हरू बताउँछन् ।

गुडले विभिन्न स्वास्थ्य समस्यामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। तीमध्ये केही प्रमुख फाइदाहरू यस प्रकार छन् :

हड्डी मजबुत बनाउन सहयोगी
गुडमा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यसले हड्डी र मांसपेशीलाई बलियो बनाउने काम गर्छ । हड्डी कमजोर हुने समस्या भएका व्यक्तिका लागि गुडको सेवन उपयोगी मानिन्छ ।

एनीमिया नियन्त्रणमा मद्दत
आइरनको राम्रो स्रोत भएकाले गुडले रगतको कमी हुन नदिने काम गर्छ । एनीमिया (रक्तअल्पता)को समस्या भएका व्यक्तिले नियमित रूपमा गुडको सेवन गर्दा लाभ मिल्ने बताइन्छ ।

पाचन प्रणाली सुधार
जाडो मौसममा कब्जियतजस्ता पाचनसम्बन्धी समस्या बढी देखिने गर्छ । गुडमा रहेको फाइबरले पाचन प्रणालीलाई सक्रिय बनाइ कब्जियत कम गर्न सहयोग पुर्‍याउँछ ।

रुघाखोकीमा उपयोगी
जाडोमा हुने रुघाखोकी, घाँटी दुख्ने तथा पोल्ने समस्यामा गुडको पानी वा गुड मिसाएको चिया पिउनु फाइदाजनक मानिन्छ । यसले शरीरलाई न्यानो राख्नुका साथै खोकी कम गर्न मद्दत गर्छ ।

स्वास्थ्यका लागि फाइदाजनक मानिए पनि गुडको सेवन सन्तुलित मात्रामा गर्नुपर्ने विज्ञहरूको सुझाव छ । मधुमेहजस्ता समस्या भएका व्यक्तिले भने चिकित्सकको सल्लाह अनुसार मात्रै गुडको सेवन गर्न उपयुक्त हुन्छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *