- पुस २३, २०८२
- No Comment
- 102
सुर्खेतको लेकबेशीमा भरुवा बन्दुकसहित रावत पक्राउ

निराजन शाही
सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिका–९ स्थित सिम दमार क्षेत्रबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्।
बुधवार बिहान करिब ११:३० बजे प्रहरी टोलीले लेकबेशी–९ सिम दमारबाट ३८ वर्षीय धनबहादुर रावतलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । उनी बाटोमा हिँडिरहेको अवस्थामा एक थान भरुवा बन्दुकसहित फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लेकबेशी नगरपालिका–९ निवासीका रावतलाई नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।



