- पुस २३, २०८२
- No Comment
- 103
खैरो हिरोइनसहित पाँच जना पक्राउ

बैतडी – बैतडी जिल्लामा खैरो हिरोइनसहित एक नाबालिगसहित पाँच जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजार क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट करिब २५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध कारोबारको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा राखिएको प्रवक्ता बडूले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।



