• पुस २१, २०८२
  • No Comment
  • 136

अमेरिकाविरुद्ध काठमाडौँमा प्रदर्शनको तयारी

काठमाडौँ – भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन हुने भएको छ। प्रगतिशील रुपान्तरण अभियानले भोलि दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन आयोजना गर्ने घोषणा गरेको हो।

स्वास्थ्य र शान्तिको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको उक्त अभियानले अमेरिकी सेनाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न माग गरेको छ। अभियानले अमेरिकी साम्राज्यवादविरुद्ध एकजुट हुन आम नागरिक तथा विभिन्न संघ–संस्थालाई अपीलसमेत गरेको छ।

यसअघि ट्रम्प प्रशासनको तानाशाही हर्कतको निन्दा गर्दै विभिन्न विद्यार्थी संगठनहरूले हिजो काठमाडौँस्थित अमेरिकी दूतावासअगाडि प्रदर्शन गरेका थिए। ती प्रदर्शनपछि दूतावास परिसरको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षानिकायले माइतीघर क्षेत्रको सुरक्षा निगरानी बढाउने तयारी गरेको जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *