- पुस २१, २०८२
- No Comment
- 134
जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

काठमाडौँ – सरकारले जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेन जेड सहिद परिवारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्न उक्त समाजलाई अनुदान प्रदान गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्।
मन्त्री खरेलका अनुसार सहिद परिवारहरूको सामाजिक तथा आर्थिक हितलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने निर्णय गरेको हो। अनुदानमार्फत शिक्षा, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिने अपेक्षा गरिएको छ।
सरकारको यस निर्णयलाई जेन जेड सहिद परिवारहरूको संरक्षण र सम्मानका रूपमा हेरिएको छ।



