• पुस २०, २०८२
  • No Comment
  • 130

चाैकुने गाउँपालिकामा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरू

चाैकुने। चाैकुने गाउँपालिका वडा नं. ६, ७ र ८ का कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरी छात्राहरूका लागि किशोरी आत्मरक्षा तालिम सुरू भएकाे छ । चाैकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको उक्त तालिम आज देखि सुरू भइ बुधवारसम्म सञ्चालन गर्ने भएकाे हाे ।

चार दिनसम्मकाे अात्मरक्षा तालिममा श्री जीवन ज्योति मा.वि. झकमके, श्री सिद्देश्वरी मा.वि. सान्नेघारी र नेपाल राष्ट्रिय मा.वि. भट्टेसराका गरी जम्मा ३० जना छात्राहरू सहभागी रहेका छन।
कार्यक्रमका सभाध्यक्ष खड्क वि.क. रहनुभएको उक्त तालिम कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बहादुर बुढा, चाैकुने गाउँपालिका खेलकुद विकास समिति उपाध्यक्ष विजय वि.क., महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कुमारी कडेल, प्रशिक्षकहरू तेजु गुरुङ र सोना थापा लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख टेकेन्द्र बहादुर बुढाले नयाँ सुरुवातका रूपमा सञ्चालन गरिएको यस तालिमबाट सहभागी छात्राहरूले अधिकतम लाभ लिई आत्मरक्षा सम्बन्धी सीप सिकेर आफ्नो क्षमता विकास गर्न सक्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क.ले श्रोत अभावका कारण हाल सबै वडामा तालिम सञ्चालन गर्न नसकिए पनि नमुनाका रूपमा गुटुबाट सुरु गरिएको बताउँदै, सहभागी छात्राहरूलाई अनुशासित भएर प्रशिक्षकले सिकाएको ज्ञान तथा सीपलाई आत्मसात गर्न आग्रह गर्दै शुभकामना सन्देश दिनुभयो।

कार्यक्रमका अध्यक्ष खड्क वि.क.वासपानेले आत्मरक्षा सीप अप्ठेरो परिस्थितिमा अत्यन्तै उपयोगी हुने उल्लेख गर्दै सहभागी छात्राहरूलाई तन–मन लगाएर अनुशासित ढंगले तालिम लिन आग्रह गर्नुभयो। उहाँले यस किसिमको तालिमले किशोरीहरूलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि मजबुत बनाउने विश्वास व्यक्त गर्दै तालिमको सफलताको कामना ब्यक्त गर्नुभयो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *