• पुस २०, २०८२
  • No Comment
  • 119

पायल्सका बिरामीले अपनाउनुपर्ने र त्याग्नुपर्ने बानी

काठमाडौँ — पायल्स (बवासीर) का बिरामीले आफ्नो दैनिक जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। पायल्सको समस्या बढ्न नदिन र नियन्त्रणमा राख्न नियमित व्यायाम, सन्तुलित आहार तथा अस्वस्थ बानी त्याग्न आवश्यक रहेको बताइएको छ।
पायल्स भएका बिरामीले हरेक दिन शारीरिक व्यायाम गर्नुका साथै नियमित रूपमा योग अभ्यास गर्नुपर्छ। साथै, शरीरलाई हाइड्रेट राख्न प्रशस्त पानी पिउनु अत्यन्त जरुरी हुन्छ। खानपानमा हरियो सागपात काँचै खाने, दैनिक रूपमा फलफूल समावेश गर्ने सल्लाह दिइएको छ। खानासँग मुला, काँक्रो र गाँजर खाने तथा नरिवल, अनार र स्याउजस्ता फलफूल बढी मात्रामा सेवन गर्नु लाभदायक मानिन्छ।

तर पायल्सका बिरामीले चिल्लो, पिरो तथा मसला धेरै भएको माछा–मासु खानु हुँदैन। पायल्स भएको पुष्टि भएमा बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो पदार्थ, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सी जस्ता पदार्थको सेवन नगर्न विशेषज्ञहरूको सुझाव छ।

यसका साथै, पायल्सका बिरामीले हप्तामा एकपटक आवश्यकताअनुसार पेट सफा गर्ने र खानेकुरा एकदम कम, हल्का तथा शरीरले सजिलै पचाउने मात्र खाने बानी बसाल्नुपर्छ।
स्वस्थ जीवनशैली र सही खानपान अपनाएमा पायल्सको समस्या नियन्त्रणमा राख्न सकिने चिकित्सकहरू बताउँछन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *