• पुस १९, २०८२
  • No Comment
  • 159

पञ्चपुरी नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । “भष्टचार नियन्त्रणमा नागरिक साझेदारी ,सुशासन प्रबर्द्धनमा सबैको जिम्मेवारी “भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका उपसचिव बुद्धि बहादुर खत्रीको अध्यक्षतामा उक्त कार्याक्रमको उद्घाटन भएको थियो भने अन्तरक्रिया कार्याक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारी र त्यस्तै बिशिस्ट अतिथिमा पञ्चपुरी नगरपापालिका उप-प्रमुख मुक्तिदेवी रेग्मी (पुरी), प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी घिमिरे रहनु भएको थियो ।

पालिका स्तरीय १ दिने अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचारको स्वरुप ,भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका शाखा अधिकृत बिष्णु न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पञ्चपुरी नगरपालिका नगरप्रमुख लालविर भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग हुनुपर्ने र ब्यक्तीको नियतले गर्दा भ्रष्टाचार मौलाउदै गएको बताउनु भयो ।

उहाँले सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न पदाधिकारीलाई कडाइका साथ जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै सार्वजनिक खरिद ऐन तथा नियमावलीका जटिल प्रावधानले ठेक्का तोड्ने प्रक्रियाले कठिन बनाएको गुनासो गर्नुभयो। उहाँले सार्वजनिक पदाधिकारीहरुले कानूनको पालना गर्न र सदाचार निर्माणमा ध्यान दिन अनुरोध गर्दै ,अख्तियारको कार्यप्रति आफ्नो सहयोग रहने प्रतिबद्धता सहित पञ्चपुरी नगरपालिकामा भ्रष्टाचार नियन्त्रण गर्न सबै तहतप्काका जनप्रतिनिधि ,कर्मचारीलाई सचेतनामुलक कार्यक्रमको आयोजना गर्न पालिका प्रमुखले आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष उपसचिव बुद्धिबहादुर खत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर मात्र काम गर्ने स्पष्ट पार्नुभयो। भ्रष्टाचार नियन्त्रण आयोगको एक्लो प्रयासबाट सम्भव नहुने भएकाले नागरिक, समाज र सरोकारवाला सबैको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको उहाँको निष्कर्ष थियो। अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि साझा बुझाइ र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

पञ्चपुरी नगरपालिकाको कार्यालयको सभाहलमा सुरु भएको अन्तरक्रिया कार्यक्रमा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, मा.वि., नि.मा.वि, प्राबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, समाजसेबि, सामुदायिक वन समितिहरु , सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतका ना. सु गंग प्रसाद न्यौपानेले गर्नु भएको थियो

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *