- पुस १८, २०८२
- No Comment
- 166
किन खाने पनिर ? यस्ता छन् स्वास्थ्यका फाइदा

दूधबाट बनाइने पनिर स्वादिलो मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै लाभदायक खाद्य पदार्थ हो। पनिरमा दूधका प्रायः सबै गुणहरू पाइने भएकाले यसलाई पोषणको खानी मानिन्छ। दैनिक आहारमा पनिर समावेश गर्दा शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्त्व प्राप्त हुन्छन्।
पनिरमा प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका पोषक तत्त्व प्रशस्त मात्रामा पाइन्छन्। यसलाई विभिन्न परिकारका रूपमा प्रयोग गर्न सकिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार पनिरको नियमित सेवनले शरीरलाई धेरै प्रकारले फाइदा पुर्याउँछ।
शाकाहारीहरूका लागि पनिर प्रोटिनको मुख्य स्रोत मानिन्छ। विशेषगरी माछा–मासु नखाने व्यक्तिहरूका लागि पनिर उत्कृष्ट विकल्प हो। सय ग्राम पनिरमा करिब १८ ग्राम प्रोटिन पाइने हुँदा यसले शरीरको मांसपेशी मजबुत बनाउन मद्दत गर्छ।
पनिरमा पाइने क्याल्सियमले दाँत र हड्डीलाई मजबुत बनाउँछ। यसमा लेटेक्सको मात्रा कम हुने भएकाले दाँतलाई नोक्सान हुँदैन। पनिरको सेवनले दाँतलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ।
त्यसैगरी पनिरमा रहेका पोषक तत्त्वले हड्डी बलियो बनाउने भएकाले गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाका लागि यसको सेवन विशेष लाभदायक मानिन्छ। पनिरले जोर्नी तथा हड्डी दुख्ने समस्यामा पनि राहत दिने विश्वास गरिन्छ।
पनिरको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। साथै यसले रक्तचाप नियन्त्रणमा राख्न, मधुमेहको जोखिम कम गर्न र शरीरका विभिन्न अङ्गहरूलाई बलियो बनाउन सहयोग पुर्याउँछ।
पनिरमा केही मात्रामा फाइबर पनि पाइने भएकाले यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचनसम्बन्धी समस्या हटाउन र खाना सजिलै पचाउन पनिर उपयोगी मानिन्छ।
स्वास्थ्यका यति धेरै फाइदा भएकाले सन्तुलित मात्रामा पनिरको सेवन गर्नु शरीरका लागि लाभदायक हुने विज्ञहरूको सुझाव छ।



