• पुस १७, २०८२
  • No Comment
  • 122

पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा बढीले घट्यो

काठमाडौँ । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा बढीले घटेको छ। अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन्।

अघिल्लो वर्ष सन् २०२४ मा १६ लाख ७४ हजार २ सय २५ जना नेपाली विदेश गएका थिए। विभागका अनुसार २०२४ को तुलनामा २०२५ मा विदेश जाने नेपालीको सङ्ख्या १ लाख ५१ हजार २ सय २५ जनाले घटेको हो।

अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार सन् २०२५ मा १३ लाख १३ हजार १ सय ९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्।

सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण उडान कटौती हुँदा धेरै नेपाली भारतीय विमानस्थल प्रयोग गरी विदेश गएको समाचार सार्वजनिक भएका थिए। यस्तै, नवयुवा आन्दोलनपछि विभिन्न देशले श्रमिक लैजाने सङ्ख्या घटाउँदा पनि विदेशिने नेपालीको सङ्ख्यामा कमी आएको विभागले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *