• पुस १६, २०८२
  • No Comment
  • 186

वीरेन्द्रनगरको सहिद पार्क नजिक युवक–युवती झुण्डिएको अवस्थामा मृत फेला

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगल क्षेत्रमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीयका अनुसार श्री भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगलमा अन्दाजी २०–२१ वर्ष उमेरका युवक र १९–२० वर्ष उमेरकी युवती ज्यामुनाको रूखको एउटै हाँगोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन्।

बुधबार बिहान स्थानीयले जंगलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ भने मृतकहरूको पहिचान तथा घटनाको कारणबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिनेछ।

प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *