• पुस १४, २०८२
  • No Comment
  • 193

सुर्खेतको चौकुने गउँपालिकामा समाज जागरण केन्द्र (स्याक) नेपालेको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गउँपालिकामा समाज जागरण केन्द्र (स्याक) नेपालेको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्याक नेपालको आयोजना तथा चौकुने गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त संस्थाले चौकुने गाउँपालिका भित्रका वडाहरुलाई कार्यक्षेत्र बनाई अति सीमान्तकृत दलित कृषक परिवारका किशोरकिशोरीहरुको सीप स-शक्तिकरण विकास गर्न शिक्षा, जीवन उपयोगी सीप प्रशिक्षण, समुदायमा स्वास्थ्य सुधारका लागि पहलहरु, लिजहोल्ड खेतीको माध्यमबाट समावेशी, दिगो जीविकोपार्जन सुधार लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

बार्षिक समिक्षा कार्यक्रममा संस्थाले समुदायमा कार्यक्रम संचालन गर्दा भएका परिर्वतन उपलब्धि तथा चुनौतीहरुको बारेमा सरोकारबालाहरुलाई जानकारी गराएका थिए । चौकुनेगाउँपालिका अध्यक्ष खडक बिवस् बासपानेको अध्यक्षता तथा उपाध्यक्ष नर बहादुर बान्तोलाको विशिष्ठ आतिथ्मा कार्यक्रम संचालन गरिएको थियो । समाज जागरण केन्द्र ( स्याक नेपाल )ले बालबालिकाहरुले सामाजिक बिकृति न्यूनिकरण गर्ने खालका बालबिबाह, महिला हिंसा, जातिय भेदभाव लायतका अन्य जनचेतना मूलक कायक्रमहरु संचालन गर्दै आईरहेको छ । भने दलित बालबालिकाहरुलाई विद्यालयमा नियमित र सिकाईमा आधारीत कार्यक्रमहरु समेत निरन्तर रुपमा संचालन गरिरहेको छ ।

सामाजिक कुप्रथा विरुद्ध सचेतना अभियान, सेनिटरी प्याड बनाउने तालिम र सामग्री सहयोग, सुधारीएको चुलो सहयोग, खानेपानी फिल्टर सहयोग, नेतृत्व तथा संस्थागत विकास तालिम, समुह अवधारण तालिम, अर्गनिक तरकारी उत्पादन तालिम, तरकारीको विउ सहयोग, जैविक मल गोठ सुधार, कृषि औजार सहयोग, सिप विकास तथा व्यवसाय योजना निर्माण तालिम लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

कार्यक्रममा चौकुनेमा गाउँपालिकाका वडा नं. ८का वडा अध्यक्ष कमल जि सी , वडा नं. ७ का वडा अध्यक्ष धनिराम धमाला , स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डे , कृषिशाखा ,महिला तथा वालबालिका शाखा,लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालन गणेश बि क ले गर्नु भएको थियो

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *