- पुस १४, २०८२
- No Comment
- 161
सुर्खेतमा भ्यानको ठक्करबाट एक जना घाइते

सुर्खेत। सुर्खेतमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित रेडियो नेपाल अगाडि सोमबार दिउँसो करिब ३ बजेर ५० मिनेटको समयमा दुर्घटना भएको हो। मुलमानी चोकदेखि बाँग्गेसिमलतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च ४९५० नम्बरको भ्यानले रेडियो नेपालबाट भुरेलीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प १४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सुर्खेत प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–२ का करिब ७८ वर्षीय अर्जुन देव गिरी घाइते भएका छन्। हाल उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



