• पुस १४, २०८२
  • No Comment
  • 100

न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने कटुवाल पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।

प्रहरीका अनुसार कटुवालले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको आश्वासन दिँदै न्युजिल्यान्ड लैजाने भन्दै रकम असुलेर पछि सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै कीर्तिपुरबाट उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *