• पुस १४, २०८२
  • No Comment
  • 182

सुर्खेतकाे चाैकुनेमा नमुना गाउँ निर्माण अन्तर्गत अनुगमन तथा सम्मान कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतकाे चाैकुने गाउँपालिका वडा नं. ८ कोल्गाडमा नमुना गाउँ निर्माण कार्यक्रम विभिन्न विकास गतिविधिहरूको अनुगमन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नमुना गाउँ अध्यक्ष कस्तुरी कामीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चाैकुने गाउँपालिका अध्यक्ष खडक बि.क. (बिबश) प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। विशेष अतिथिका रूपमा उपाध्यक्ष नर बहादुर बान्तोला रहनु भएको थियो। भने कार्यक्रममा चाैकुने गाउँपालिका वडा नं. ६,७ र ८ का वडाध्यक्षज्यूहरू, सहयोगी संस्था स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य, चाैकुने गाउँपालिका शिक्षा शाखा प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत आशा बुढा मगर लगायत अन्य अतिथिहरू तथा नमुना गाउँका स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा नमुना गाउँमा सञ्चालनमा रहेका करेसाबारी व्यवस्थापन, कुखुरा पालन, बाख्रा पालन, शुद्द पिउने पानीको पहुच बढाउन प्रत्यक घरमा फिल्टर बितरण,३५ घरमा बिधुतिय चुलो बितरण,विभिन्न क्षमता बिकासका तालिमहरु,सरसफाइ कार्यक्रम तथा सामुदायिक भवन निर्माण जस्ता कार्यहरूको स्थलगत अवलोकन गरिएको थियो। सो अवसरमा नमुना गाउँका स्थानीयवासीहरूले कार्यक्रममा उपस्थित अतिथिहरूलाई माला तथा टीका लगाई सम्मानपूर्वक स्वागत गरेका थिए।
नमुना गाउँ निर्माण कार्यक्रमको कार्यान्वयन तथा सफलतामा सहयोगी संस्था स्याक नेपाल (SAC Nepal) को महत्वपूर्ण भूमिका रहेको छ। कार्यक्रमले स्थानीय स्तरमा आत्मनिर्भरता, आयआर्जन, स्वच्छता तथा समग्र सामुदायिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *