• पुस १४, २०८२
  • No Comment
  • 130

राष्ट्रिय प्राविधिक शिक्षालयमा नयाँ विद्यार्थी स्वागत तथा पुराना विद्यार्थी विदाइ कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर, सुर्खेत — राष्ट्रिय प्राविधिक शिक्षालयमा अध्ययनरत नयाँ विद्यार्थीहरूको स्वागत तथा पुराना विद्यार्थीहरूको विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शनिवार आयोजना गरिएको कार्यक्रमको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकन्ठ खनालले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै उप–प्रमुख खनालले प्राविधिक शिक्षा देशको समग्र विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउँदै रोजगारी र उत्पादनशीलतामा जोड्ने विश्वास व्यक्त गर्नुभयो । साथै, शिक्षालयबाट उत्पादन हुने दक्ष जनशक्तिले स्थानीय तहदेखी राष्ट्रिय स्तरसम्म महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षालयका प्रमुख मिन बहादुर खड्काले स्वागत मन्तव्य दिँदै नयाँ विद्यार्थीहरूलाई अध्ययनमा अनुशासन, लगनशीलता र सिर्जनशीलता अपनाउन आग्रह गर्नुभयो । साथै, अध्ययन पूरा गरी विदाइ हुँदै गरेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै शुभेच्छा व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्तुति तथा शुभकामना आदान–प्रदानसहित कार्यक्रम सम्पन्न भएको शिक्षालयले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *