• पुस ८, २०८२
  • No Comment
  • 100

ओखर खानुका यस्ता छन् फाइदा

ओखर पोषक तत्त्वले भरिपूर्ण भएकाले स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। परम्परागत रूपमा पनि दिदीबहिनीले दाजुभाइलाई स्वास्थ्यरक्षा होस् भन्ने कामनासहित ओखर मसालाको रूपमा दिने चलन रहँदै आएको पाइन्छ।

ओखरमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। यसका साथै भिटामिन ए, बी–६, बी–१२, सी, डी, ई र के, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, जिंक र कपरजस्ता मिनरल्ससमेत उल्लेख्य मात्रामा हुन्छन्। एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले यसले शरीरलाई विभिन्न रोगबाट जोगाउन सहयोग गर्छ।

मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले ओखरलाई ‘ब्रेन फुड’ पनि भनिन्छ। ओखरको आकार नै मस्तिष्कजस्तै हुने भएकाले यसको सेवनले मस्तिष्कको कार्यक्षमता बढाउने विश्वास छ। विशेषगरी विद्यार्थीहरूले स्मरण शक्ति बढाउन र मस्तिष्क चुस्त राख्न नियमित रूपमा ओखर सेवन गर्न सक्ने चिकित्सक तथा पोषणविद्हरू बताउँछन्।

ओखरमा पाइने भिटामिन ई, ओमेगा–३ फ्याटी एसिड, फोलेट र एन्टिअक्सिडेन्टजस्ता ‘न्युरो प्रोटेक्टिभ कम्पाउन्ड’हरूले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छन्। नियमित रूपमा दुईवटा ओखर महसँग मिसाएर सेवन गर्दा मस्तिष्क स्वस्थ रहनुका साथै स्मृति क्षमतामा पनि सुधार हुने विश्वास गरिएको छ।

बिहान र दिउँसो दुईवटा ओखर सेवन गर्दा कोलेस्ट्रोल नियन्त्रणमा मद्दत पुग्ने बताइन्छ। ओखर खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुने भएकाले छिट्टै भोक लाग्दैन, जसले तौल नियन्त्रणमा पनि सहयोग पुर्‍याउँछ।

यसका अतिरिक्त, ओखरको तेल छाला र केश मुलायम तथा चम्किलो बनाउन प्रयोग गरिन्छ। ओखरको बोक्रा पिसेर दाँत सफा गर्दा दाँत स्वस्थ र चम्किलो हुने जनविश्वास पनि रहेको छ।

समग्रमा, नियमित र सन्तुलित रूपमा ओखरको सेवनले शरीर, मस्तिष्क र सौन्दर्य तीनै पक्षमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *