• पुस ७, २०८२
  • No Comment
  • 96

सुर्खेतमा बोक्सीको आरोपमा महिलामाथि कुटपट गरेकाे भन्दै चार जना पक्राउ

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट तथा अमानवीय यातना दिएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको भन्दै पीडित प्रेमकला रोकायले दिएको उजुरीका आधारमा सोही स्थानमा बसोबास गर्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ परेका चारै जनाको स्थायी ठेगाना जुम्लाको तिला गाउँपालिका–२ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले जानकारी दिए। उनका अनुसार पीडितले आफूमाथि निरन्तर हिंसा र अन्याय भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

उजुरीमा उल्लेख भएअनुसार आरोपीहरूले प्रेमकला रोकायलाई “बोक्सी” भन्दै गालीगलौज गर्नुका साथै आफैँ धामी–झाँक्री बनेर चामलले हानेका र तातो पन्यू प्रयोग गरी शरीरका विभिन्न भागमा डामेका थिए।

सोही उजुरीका आधारमा चारै जनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरिएको र बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *