• पुस ७, २०८२
  • No Comment
  • 146

चिसो मौसममा देखिने १० स्वास्थ्य समस्या र बच्ने उपाय

काठमाडौं — काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। जाडो मौसममा अन्य समयको तुलनामा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या बढी देखिने चिकित्सकहरू बताउँछन्। चिसोका कारण सामान्य रुघाखोकीदेखि ज्यानै जोखिममा पार्ने रोगसम्म देखिन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ।

चिसो मौसममा देखिने प्रमुख १० स्वास्थ्य समस्या र तिनबाट बच्ने उपाय यसप्रकार छन्–

१. हाइपोथर्मिया
शरीरको तापक्रम अस्वाभाविक रूपमा घट्नु हाइपोथर्मिया हो। यसले जीउ काम्ने, दिमाग सुस्त हुने र बेहोससम्म गराउन सक्छ।
बच्ने उपाय: पर्याप्त न्यानो लुगा लगाउने, चिसोबाट जोगिने र अवस्था गम्भीर भए तुरुन्त अस्पताल जाने।

२. मौसमी फ्लु (इन्फ्लुएन्जा)
खोक्दा वा हाछ्युँ गर्दा सर्ने यो भाइरस जाडोको सुरुवातमा बढी देखिन्छ।
बच्ने उपाय: भिडभाडबाट टाढा रहने, मास्क लगाउने, साबुनपानीले हात धुने र लक्षण देखिए स्वास्थ्य परीक्षण गराउने।

३. रुघाखोकी
चिसोमा भाइरस सक्रिय हुँदा रुघाखोकी र एलर्जी बढ्छ।
बच्ने उपाय: चिसोबाट बच्ने, मास्क प्रयोग गर्ने र समस्या जटिल भए चिकित्सकको सल्लाह लिने।

४. हिउँले खाने (फ्रोस्टबाइट)
हिमाली तथा उच्च पहाडी क्षेत्रमा लामो समय चिसो वा हिउँको सम्पर्कमा रहँदा शरीरका अंग प्रभावित हुन्छन्।
बच्ने उपाय: हातखुट्टा, कान, नाक र अनुहारलाई न्यानो राख्ने, अत्यधिक चिसोबाट जोगिने।

५. श्वासप्रश्वास सम्बन्धी रोग
दम, ब्रोन्काइटिस र निमोनियाजस्ता समस्या चिसोमा बढ्छन्।
बच्ने उपाय: धुलो–धुवाँ र प्रदूषणबाट टाढा रहने, मास्क प्रयोग गर्ने र धुम्रपान नगर्ने।

६. हृदयघात र मुटुरोग
चिसोले रक्तनली खुम्चिँदा हृदयघातको जोखिम बढ्छ।
बच्ने उपाय: चिसोबाट जोगिने, नियमित व्यायाम गर्ने, चिल्लो–बोसोयुक्त खाना कम खाने।

७. कार्बन मोनोअक्साइड पोइजनिङ
झ्यालढोका बन्द गरेर आगो वा हिटर ताप्दा विषालु ग्यास जम्मा हुन सक्छ।
बच्ने उपाय: कोठामा हावा आवतजावत हुने व्यवस्था गर्ने र लामो समय बन्द कोठामा आगो नताप्ने।

८. जोर्नीको दुखाइ
तापक्रम घट्दा जोर्नी कडा भई दुख्ने समस्या देखिन्छ।
बच्ने उपाय: शरीरको माथिल्लो र तल्लो दुवै भाग न्यानो राख्ने।

९. छाला सुख्खा हुनु
चिसोले छालाको नमी घटाउँछ।
बच्ने उपाय: न्यानो कपडा लगाउने, झोलिलो खानेकुरा खाने र मोइस्चराइजर प्रयोग गर्ने।

१०. नोरोभाइरस (विन्टर डाइरिया)
जाडोमा बान्ता र झाडापखाला गराउने यो भाइरस छिटो सर्छ।
बच्ने उपाय: साबुनपानीले हात धुने, संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने र सरसफाइमा ध्यान दिने।

चिकित्सकहरूका अनुसार जाडो मौसममा सामान्य लापरबाहीले पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले समयमै सावधानी अपनाउनु र समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनु आवश्यक छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *