• मंसिर २६, २०८२
  • No Comment
  • 159

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग तथा पाकिस्तानले मलेसियासँग खेल्दैछन्।

प्रतियोगिताका लागि नेपाली यू–१९ टोली यूएई पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलङ्काविरुद्ध सेभेन्स रङ्गशालामा खेल्नेछ। दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग तथा तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग हुनेछ।

एशिया कपमा कुल आठ टोली सहभागी छन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र मलेसिया परेको छ भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल पुस ६ गते निर्धारित छ।

नेपाली टोलीमा कप्तान अशोक धामीसहित नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री समावेश छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *