• मंसिर २६, २०८२
  • No Comment
  • 173

यस्ता छन् दैनिक काजु खानुका फाइदै फाइदा

काठमाडौँ – पोषणले भरिपूर्ण काजु सबै उमेरका मानिसका लागि उपयोगी खाद्यवस्तु मानिन्छ। थोरै मात्रा सेवन गरे पनि शरीरलाई आवश्यक धेरै पोषण तत्त्व प्राप्त हुने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ। काजुमा म्याग्नेसियम, तामा, फलाम, पोटासियमलगायत खनिज प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ।
स्वास्थ्य विशेषज्ञका अनुसार दैनिक दुई–तीनवटा काजु खानुले शरीरमा ऊर्जा थपिने, थकान हट्ने र स्फूर्ति आउने गर्छ। काजु प्रोटिनको राम्रो स्रोत भएकाले नियमित सेवनले अनुहार चम्किलो बनाउने, छालाको गुणस्तर सुधार गर्ने तथा दिमागलाई तेज बनाउन सहयोग गर्छ।
युरिक एसिडका समस्या भएकाहरूले अधिकांश ‘ड्राइफुड’ खान नहुने भए पनि काजु भने सुरक्षित मानिन्छ, किनकि यसले शरीरमा युरिक एसिड बढाउन मद्दत गर्दैन। साथै, कम सोडियम र उच्च पोटासियमका कारण काजु रक्तचाप नियन्त्रणमा पनि उपयोगी हुने विशेषज्ञहरूको भनाइ छ।
काजुमा पाइने तत्वले हड्डी तथा दाँत मजबुत बनाउने, कोलेस्टेरोल सन्तुलनमा राख्ने र शरीरका विभिन्न प्रणालीलाई सक्रिय राख्ने बताइन्छ। तर काँचो काजु भने विषालु ‘उरुसिओल’ भएको कारण खान नहुने चेतावनी विशेषज्ञहरूले दिएका छन्।
नियमित काजु सेवनका फाइदाहरू

दाँत तथा हड्डी बलियो बनाउने

कपाल चम्किलो बनाउने

आँखाको स्वास्थ्य सुधार गर्ने

गर्भवती महिलाका लागि लाभदायक

कब्जियत कम गर्ने

शरीर स्फूर्त राख्ने

कमजोरी हटाउने

अनुहारमा चमक ल्याउने

मुटुको स्वास्थ्य मजबुत बनाउने

दिमागलाई सक्रिय बनाउने

स्वास्थ्यका यस्ता धेरै फाइदाका कारण काजु आजकल धेरैको दैनिक आहारमा समावेश हुन थालेको छ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *