• मंसिर २२, २०८२
  • No Comment
  • 135

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको छ। समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले आफू नेतृत्वको सरकारले चितवन, महोत्तरीलगायत स्थानमा भूमिहीन र सुकुम्वासी समस्या समाधानका काम सुरु गरेको भए पनि सरकार ढालिँदा काम अधुरो भएको बताए। पछिल्ला सरकारहरूले पनि यसतर्फ पर्याप्त पहल नगरेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए।

समितिका अध्यक्ष अजय वैगारसहितको टोलीले भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी नीतिगत तथा कार्यगत कदम चाल्नुपर्ने माग राखेको थियो। समितिले भूमिहीन सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार र पार्टी नेतृत्वको हस्तक्षेप अब अनिवार्य भइसकेको भन्दै प्रधानमन्त्रीभन्दा पहिले संयोजक प्रचण्डलाई नै ज्ञापनपत्र बुझाइएको जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *