- मंसिर १५, २०८२
- No Comment
- 24
गाईको मासु काट्दै गरेकाे अवस्थामा ६ जना पक्राउ
चितवन। चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराबारी क्षेत्रमा गाईको मासु काटिरहेका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो करिब १:५० बजेतिर इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलमै नियन्त्रणमा लिएको हो।
पक्राउ परेकालाई हाल प्रहरी हिरासतमा राखी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले उक्त स्थानबाट गाईको मासु, मासु काट्ने उपकरण लगायतका सामग्री समेत बरामद गरेको जनाएकाे छ।
प्रहरीका अनुसार पक्राउ परेकासँग सम्बन्धित विवरण तथा घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको छ।