• मंसिर १५, २०८२
  • No Comment
  • 119

जुम्लाकाे तिला गाउँपालिकाद्वारा एक वर्षमा २६ लाखभन्दा बढी राजस्व संकलन

जुम्ला । तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत सो अवधिको आय–व्यय विवरण सार्वजनिक गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाले ५१ करोड २४ लाख ८४ हजार रुपैयाँको अनुमानित कूल बजेट ल्याएको थियो। जसअन्तर्गत चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार रुपैयाँ विनियोजन गरिएको थियो।

बजेट खर्चतर्फ हेर्दा चालु खर्च २९ करोड ४१ लाख १७ हजार पुगेको छ, जसले ८७.७५ प्रतिशत प्रगति देखाएको छ। त्यस्तै, पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार खर्च भएको छ, जुन ८२.१ प्रतिशत हो। दुवै तर्फ मिलाएर गाउँपालिकाले कुल ४३ करोड ९७ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ, जुन ८५.७९ प्रतिशत बराबरको प्रगति हो। बजेट निकासको हिसाबले भने ९७.८३ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार विकास निर्माण तथा सेवा प्रवाहलाई पारदर्शी र चुस्त बनाउन हरेक वर्ष सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिँदै आएको छ। कार्यक्रममा सहभागी स्थानीय नागरिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले बजेट कार्यान्वयन र सेवा प्रवाहसम्बन्धी प्रश्नोत्तर गरेका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *