• मंसिर १५, २०८२
  • No Comment
  • 31

जुम्लाकाे तिला गाउँपालिकाद्वारा एक वर्षमा २६ लाखभन्दा बढी राजस्व संकलन

जुम्ला । तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत सो अवधिको आय–व्यय विवरण सार्वजनिक गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाले ५१ करोड २४ लाख ८४ हजार रुपैयाँको अनुमानित कूल बजेट ल्याएको थियो। जसअन्तर्गत चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार रुपैयाँ विनियोजन गरिएको थियो।

बजेट खर्चतर्फ हेर्दा चालु खर्च २९ करोड ४१ लाख १७ हजार पुगेको छ, जसले ८७.७५ प्रतिशत प्रगति देखाएको छ। त्यस्तै, पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार खर्च भएको छ, जुन ८२.१ प्रतिशत हो। दुवै तर्फ मिलाएर गाउँपालिकाले कुल ४३ करोड ९७ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ, जुन ८५.७९ प्रतिशत बराबरको प्रगति हो। बजेट निकासको हिसाबले भने ९७.८३ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार विकास निर्माण तथा सेवा प्रवाहलाई पारदर्शी र चुस्त बनाउन हरेक वर्ष सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिँदै आएको छ। कार्यक्रममा सहभागी स्थानीय नागरिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले बजेट कार्यान्वयन र सेवा प्रवाहसम्बन्धी प्रश्नोत्तर गरेका थिए।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *